बुटवल,२७ चैत ।
आज लुम्बिनीसहित पाँच प्रदेशका केही ठाउँमा हावाहुरी र हल्का वर्षको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाग्मती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
हिजो स्थानीयवायुको प्रभावले गण्डकी प्रदेशका कास्की, मनाङ, मुस्ताङ, म्याग्दीलगायतका थोरै ठाउँमा हल्का वर्षा भएको थियो । त्यस्तै ताप्लेजुङ र डडेलधुराको एक–दुई ठाउँमा पनि हल्का पानी परेको महाशाखाले जनाएको छ ।








