बुटवल,१८ बैशाख ।
रोल्पाको थवाङ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको सबै २० जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विहिबार भएको दुर्घटनामा मृत्यु हुनेमा पूर्वी रुकुमका २८ वर्षका गोर्ख बहादुर बि.सी., ५३ वर्षकी तिल कुमारी बुढाथोकी, २८ वर्षका युवा बुढाथोकी, १० वर्षका दिब्यान बुढाथोकी,२४ वर्षकी सृजना बुढाथोकी,१३ वर्षका सुदिप बुढाथोकी, ४० वर्षकी ओम कुमारी बुढाथोकी,६० वर्षकी मिना बि.क.,६० वर्षकी लक्ष्मी शाह,२७ वर्षकी रुक्मिना थापा बस्नेत तथा टेक प्रसाद बुढा, दाङका ५० वर्षकी द्रोपती जि.सी., ३२ वर्षकी तिला जि.सी.,७ वर्षका जेनिस घर्ति, १२ वर्षकी जेनिसा जि.सी., २५ वर्षकी एलिसा घर्ति र भनमाया बिष्ट, लमजुङका ७ वर्षका संयोग थापा तथा उमेर नखुलेका यम बहादुर जि.सी. र ४२ वर्षका बेदु राम बि.क. रहेका छन् ।
रुकुमपूर्वबाट मेलामा सहभागी हुन जलजलामा जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









