काठमाडौँ,५ असोज ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर र हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न संसदीय विशेष समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ सदस्यीय समिति गठनको घोषणा गरेका हुन् ।

गठित समितिको नाम ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ राखिएको छ । विषयगत अनुभव र समावेशितालाई ध्यानमा राख्दै गठन गरिएको यो समितिले हिमालमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र हालैको विनाशकारी बाढी–पहिरोको अवस्थाबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ ।

को– को छन् समितिमा ?
१। डा. अच्युतम लामिछाने
२। अनुस्का श्रेष्ठ
३। गंगादेवी श्रेष्ठ
४। गणेश पराजुली
५। धनञ्जय रेग्मी
६। ध्रुवराज राई
७। निशा डाँगी
८। पुष्पराज कँडेल
९। मोहन आचार्य
१०। रमेशकुमार मल्ल
११। रविन्द्र पटेल
१२। मिग्माग्यावु श्रेष्ठ
१३। सुजाता तामाङ
१४। सरस्वती लामा
१५। सीता थपलिया
सभामुख अर्यालका अनुसार, समितिको पहिलो बैठकले सदस्यहरूमध्येबाट सर्वसम्मत वा बहुमतका आधारमा सभापति चयन गर्नेछ।
समावेशिताको सिद्धान्तअनुसार समितिमा महिला प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ। पहिलो बैठक बसेको मितिबाट समितिले आफ्नो नियमित कार्य अगाडि बढाउनेछ।