बुटवल,२८ कार्तिक ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय अभिनन्दित भएका छन् ।
प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था बुटवलकाे १४ औं बार्षिक साधारणसभा तथा १५ औं प्रतिमा जयन्तीकाे अवसरमा नगर प्रमुख पाण्डेयलाई अभिनन्दन गरिएको हो ।
बुटवल उपमहानगरपालिकाकाे मेयर पदमा निर्वाचित भएपछि बुटवलको विकास निर्माण तथा सामाजिक कार्यमा पुर्याएकाे योगदानकाे कदर स्वरूप नगर प्रमुख पाण्डेयलाई अभिनन्दन गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिए ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले सबै जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाहरू र बुटवलवासीकाे सहयोगमा बुटवलको समग्र विकासले गति लिएको भन्दै बाँकी अवधिमा पनि बुटवलको विकासमा समर्पित रहने प्रतिवद्वता ब्यक्त गरे ।
प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था बुटवलका अध्यक्ष नरेन्द्र बस्नेतकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा बुटवलका पुर्व नगर उपप्रमुख बिमलबहादुर शाक्य बुटवल माविका प्रधानाध्यापक हाेमबहादुर रायमाझी,संस्थाका सचिव गाैतमलाल शाक्य,सदस्य पुजा बानियालगायतले संस्थाका गतिविधि बारे आ आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा रक्तदाता तथा सामाजिक कार्यमा क्रियाशील विभिन्न ब्यक्तिहरूलाई सम्मान गरिएको थियो ।






