काठमाडौँ,१९ बैशाख ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

कोशी, मधेश र बागमती प्रदेशमा हाल पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नुकासाथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी,असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागकाे प्रक्षेपण छ ।