हेटौँडा,३ मंसिर ।
मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आज बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेकामा सात जना घाइते भएका छन् ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ ।
यसअघि गएको कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।






