बुटवल,२२ असार ।
बुटवल उपमहानगरपालिकाका १० सहित मंगलबार रूपन्देहीका ३३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १२० जनाको पिसिआर परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ३०४ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १० जना, तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाका ७/७ जना,सिद्वार्थनगर नगरपालिकाका ३ जना,कञ्चन गाउपालिकाका २ जना,सैनामैना नगरपालिका, मायादेवी गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २१ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ४७३ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म ४९० जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३४१ जना सक्रिय संक्रमित रहेका छन् ।
Like this:







