बुटवल,१६ बैशाख ।
रुपन्देहीको देवदहमा दुई सवारीसाधन एकआपसमा ठाेक्किदा २ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पूर्वि नवलपरासी मध्यविन्दु न.पा. १० अरुणखोला निवासी ६० बर्षिय रानी कुमारी खत्री र ठेगाना नखुलेका अन्दाजी ५० बर्षिय पदम रायमाझी रहेका छन् ।
बुटवल देखि बर्दघाट जाँदै जाँदै गरेको लु १ ख ७२८५ नं को माईक्रो बस र नारायणगढबाट बुटवल आउदै गरेको बा. प्र.-०१००६ ख ८९२६ नं को ईभी माईक्रो बिहान ९ः३० बजे एकआपसमा ठोक्किएर दुर्घटनामा भएको देवदह प्रहरी चाैकीले जनाएको छ ।
घाईतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।








