काठमाडौं,१६ बैशाख ।
सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सार्वजनिक यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडी र तराईमा सञ्चालन हुने मालवाहक गाडीको भाडादर पाँच-पाँच प्रतिशतले बढाएको हो ।
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैसाख १२ गतेको सहमति अनुसार बुधबारदेखि नै लागू हुने गरी दुई वा दुई भन्दा बढी प्रदेश भई (राीष्ट्रयस्तरका रुट) मा सञ्चालन हुने विद्युतीय वाहेकका सार्वजनिक यातायातको भाडादर बढाएको छ
। यसअघि सरकारले चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाएको थियो ।








