भैरहवा,११ जेठ ।
रूपन्देहीको भैरहवामा थप पाँच जना काेराेना संक्रमितको मृत्यु
भएको छ । भैरहवास्थित दुई अस्पतालमा उपचार गराइरहेका थप पाँच जना संक्रमित बिरामीको मृत्यु भएको हो ।
भीम अस्पतालमा चार जना पुरुष र युनिभर्सल शिक्षण अस्पतालमा एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर–२ का ७८ वर्षीय फुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका–५ का ५० वर्षीय पुरूष र कपिलबस्तु नगरपालिका–१ का ४६ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले जानकारी दिए ।
यस्तै, नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिलाको भैरहवा स्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मृत्यु भएको छ ।