काठमाडौँ,७ असोज।
रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
माथिल्लो त्रिशूली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन, बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन् ।
आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनुअघि सावधानी नअपनाएर कम्पनीले लापरबाही गरेको उनीहरूको आरोप छ । गत भदौ १० गते विनाशकारी बाढी आएको थियाे ।






