बुटवल,७ असाेज ।
आयुर्वेद स्वास्थ्य सेवा बारे आम नागरिकमा विश्वास जगाउन जरुरी रहेको सराेकारवालाहरूले जाेड दिएका छन् ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलमा बुधबार आयोजित नवआगन्तुक कार्यालय प्रमुख डा आलाेक कुमार पाण्डेयलगायतका अधिकृतहरूकाे स्वागत कार्यक्रममा बाेल्ने सराेकारवालाहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी बन्दै गए पनि त्यसप्रति आम नागरिकको धारणा सकारात्मक हुन नसकेको भन्दै उनिहरूले आयुर्वेद स्वास्थ्य सेवाकाे प्रभावकारीता बारे जनतामा सचेतता जगाउन जरुरी रहेको बताए ।

कार्यक्रममा नवआगन्तुक कार्यालय प्रमुख डा आलाेक कुमार पाण्डेयले जनतामा आयुर्वेद स्वास्थ्य सेवा प्रतिकाे विश्वास जगाउन प्रयास गर्ने प्रतिवद्वता ब्यक्त गरे । हाल १५ शैयामा रहेको लुम्बिनी आयुर्वेद चिकित्शालयलाई २५ शैयामा स्तराेन्नती गराउन आफ्नो प्रयास रहने उनलेे बताए ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका अध्यक्ष शालिकराम भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवआगन्तुक बरिस्ठ अधिकृत नरहरि अर्याल,गैडहवा आयुर्वेद चिकित्सालयका प्रमुख बरिस्ठ आयुर्वेद अधिकृत गणेश भट्टराई,चिकित्शालयका सुचना अधिकारी गणेश सापकोटा,डा इन्द्रमणी ढकाल,आयुर्वेद चिकित्सक संघ लुम्बिनीका सल्लाहकार चन्द्रकान्त खनाललगायतले आयुर्वेद स्वास्थ्य सेवाप्रतिकाे विश्वास थप बिस्तार गराउन जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा बाेल्ने अधिकांश आयुर्वेद चिकित्सकहरूले
समान पदमा भएर पनि आयुर्वेद चिकित्सकहरू बिभेदकाे सिकार बन्नुपरेको गुनासो गर्दै आयुर्वेद चिकित्सकलाई राज्यले विभेद गर्न नहुने कुरामा जाेड दिए ।