काठमाडौ,९ जेठ । नेपालमा आइतबार थप ७ हजार ९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ९६५ पीसीआर परीक्षण परिक्षण गर्दा ७ हजार ५९८ जना र ९३१ एन्टिजिन परिक्षण गर्दा ३१६ जना गरि ७ हजार ९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ६६४ जना काेराेना संक्रमित निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ ।
हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ७ हजार ३४९ जना संस्थागत आइसोलेशनमा र १ लाख ८ हजार १९८ जना
होम आइसोलेशनमा रहेका छन् ।
यसअघि शनिबार ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना काेराेना संक्रमित निकाे भएका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।