बाँके,३ जेठ । बाँकेमा थप ११ जना काेराेना संक्रमितको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना गरि ११ जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए।
मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका–१ दाङका ४८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीया महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षीय पुरुष छन्। यस्तैगरी, ठाकुरबाबा ९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर १० दाङकी ३८ वर्षीया महिला, मधुवन ९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी ६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी ६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज ६ की ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए।
भीमदत्त ३ कंचनपुरकी ५५ वर्षीया महिला र कोहलपुर ९ बाँकेकी ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १९२ जना र जिल्लाकै २४० जनाको मृत्यु भइसकेको छ ।
यसैबिच बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १० गतेसम्मका लागि लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको जनाएको छ।
कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो। त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ १० गतेसम्म पुर्याइएको हो।