Share this News on Social Networking Pages

बुटवल, ३० वैशाख । बुटवलमा थप तीन जना काेराेना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एकजना बुटवल र दुईजना रूपन्देहिकै तिलोत्तमा नगरपालिकाका रहेका छन् ।

बुटवल–६ का ८१ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा बिहीबार बिहान ५.३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै तिलोत्तमा–५ का ७५ वर्षका पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा बिहान ७.४५ बजे तथा तिलोत्तमा–१३ का ५५ वर्षीय पुरुषको बुधबार राति ८.१५ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
बुधबार रुपन्देहीमा हालसम्मकै धेरै ९०७ जनामा काेराेना संक्रमण पुष्टि भएको थियोे भने १६ जना संक्रमितको मृत्यु भएको थियो ।
जिल्लामा हाल ७००२ जना सक्रिय संक्रमित छन् ।