Share this News on Social Networking Pages

बुटवल,२९ वैशाख ।
बुटवल उपमहानगरपालिकाका ३९५ सहित रुपन्देही जिल्लामा बुधबार थप ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १२०४ पीसीआर परीक्षण गर्दा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २० हजार ३७ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका ३९५ जना, तिलोत्तमा नगरपालिकाका १७४ जना, सिद्धार्थनगर नगरपालिकाका ९२ जना,देवदह नगरपालिकाका ८७ जना,सैनामैना नगरपालिकाका ५९ जना, रोहिणी गाउपालिकाका २१ जना,ओमसतिया गाउपालिकाका १४ जना, सुद्धोधन गाउपालिका र कञ्चन गाउपालिकाका १३/१३ जना,मायादेवी गाउपालिका र गैडहवा गाउपालिकाका ९/९ जना,सियारी गाउपालिकाका ५ जना,लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ जना तथा कोटहीगाउपालिका र मर्चवारी गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा हालसम्म १२ हजार ७३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म ३०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ७ हजार २ जना कोरोना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ६२६ हाेमआइसाेलेशनमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।