काठमाडौँ,१० वैशाख ।
नेपालमा शुक्रबार थप २५५९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७९८ पीसीआर परीक्षण गर्दा २ हजार ४४९ र ८६६ एन्टिजेन परीक्षण गर्दा ११० जना गरी जम्मा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय १० जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ७६ हजार सात सय ५५ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म तीन हजार एक सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार सात सय २४ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित रहेका छन् ।
यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२÷२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४÷१४, रौतहट र अर्घाखाँचीमा १३÷१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११÷११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन् ।