Share this News on Social Networking Pages


आन्तरिक मामिला तथा कानून मन्त्री केसी र सामाजिक विकास मन्त्री बरालद्धारा राजिनामा

बुटवल,६ वैशाख ।
लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्री पोखरेल बिरुद्ध सोमबार दिउसो १.१५ बजे अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

अविश्वास प्रस्तावमा ४१ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षर रहेको छ ।

सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

दुई मन्त्रीद्धारा राजिनामा
यसैबीच प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालद्धारा राजिनामा दिएका छन् ।
मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुअघि मन्त्रीद्धय केसी र बरालले पदबाट राजिनामा दिएका हुन् ।

दलका नेताहरु मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन प्रदेश सभा सचिवालयमा जादै गर्दा मन्त्रीहरु राजिनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गएका थिए ।