बुटवल,३ बैशाख ।
नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री ओली एकलौटी ढङ्गले अघि बढ्न खोजेको कारण मुलुकमा अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।
गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा जी.पी कोइराला स्मृति प्रतिष्ठान बुटवलद्धारा आयोजित महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै कोइरालाले नेपालमा सहमति,सहकार्य र एकता बिना कसैले केही गर्न नसक्ने भए पनि प्रधानमन्त्री ओलीको अहमता,एकलौटी शासन प्रणाली नै मुलुकमा अस्थिरता देखा परेको टिप्पणी गरेकी हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले असफल नेतृत्वका कारण सरकार पूर्ण रुपमा असफल भइसकेको बताइन् । त्यस्तै उनले नेपाली जनता कोरोना महामारी लगायत अनेंकौ समस्याहरुसगँ जुध्न परिरहेको बेला सरकारले ठूला ठूला सपना बाड्नु शिवाय नेपाली जनताका लागी केही गर्न नसकेको दाबी गरन् ।
राम बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी,नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।