बुटवल,१ वैशाख ।
प्युठानको रुमाले भन्ने ठाउ नजिकै जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने ठाउ नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री पठाइएको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको ।
दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ ।