दाङ,२४ फागुन ।
दाङको देउखुरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ लमहीका तिलक थापा र प्रकाश थापा रहेका छन् ।

ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक तिलक थापा र मोटरसाइकलको पछाडि बस्ने प्रकाश थापको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै ज्यान गएको र चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।