चितवन,४ मंसिर ।
पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि नागढुंगा-मुग्लिन सडक शनिबारदेखि दिउँसो पाँच घण्टा बन्द हुने भएको छ ।
घोप्टेभीरमा लगातार खसिरहेको पहिरोका कारण शनिबारदेखि अर्को सूचना नभएसम्म दैनिक पाँच घण्टा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गरी शनिबारबाट बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द गरिने जनाएका छन् ।
घोप्टेभीरमा लगातार पहिरो खसिरहेकाले आवागमन बन्द गरेर पहिरो पन्छाइने भएको छ। दिउँसो सडक बन्द गरेर जोखिमयुक्त ढुंगा, माटो हटाउने कार्य सुरु गर्ने निर्णय भएको शर्माले जनाएका छन् ।
यो अवधिमा नागढुंगा–मुग्निल सडकखण्डमा सबै प्रकारका सवारी साधन आवागमन बन्द गरिएको छ । पहिरो पन्छाएपछि मात्रै सडक आवागमन नियमति गरिएने भएको छ ।
घोप्टेभीरमा बिहीबार पहिरो खसेको थियो। पहिरो खस्ने क्रम रोकिएको छैन । जसले गर्दा पहिरो पन्छाउन पनि कठिनाइ भइरहेको छ ।








