बुटवल,३ भदौ ।
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड सुचारू भएको छ ।

बुधबार बिहान करिब ७ः३५ पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो हटाएपछि केहीबेर अघिबाट सवारी आवागमन सुचारू भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने प्वाइन्टभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको थियो ।