बुटवल,८ चैत ।
बुटवलमा “मिस्टर रामापिथेकस” पुरुष बडीबिल्डिङ तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

शनिबार राति सम्पन्न “मिस्टर रामापिथेकस” शारीरिक सुगठन प्रतियोगिताकाे उपाधि काठमाडौका क्षितिज थापाले हातपारेका छन् ।

उपाधिसँगै थापाले नगद दुई लाख,मेडल,ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न तौल ६ समूहमा ७० जना खेलाडीहरूले सहभागीता जनाएका थिए ।

​५५ केजी समूह:यस समूहमा लुम्बिनी प्रदेश (रुपन्देही) को शितलनगर फिट एण्ड जिमका सुनिल आले प्रथम हुन सफल भए। त्यस्तै, किंग्स अफ फिटनेसका सागर बी.के. (रुपन्देही) ले दोस्रो र फिट २४ फिटनेसका अर्जुन भट्ट (सुदूरपश्चिम) ले तेस्रो स्थान हासिल गरे ।

​६० केजी समूह:बागमती प्रदेश (भक्तपुर) का सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा) ले स्वर्ण पदक जिते । लुम्बिनीका राजेन्द्र सुनार (फिटनेस टाइम) दोस्रो र कोशी प्रदेशका धर्मराज खापुङ (बी एण्ड एल फिटनेस सेन्टर) तेस्रो भए ।

​६५ केजी समूह: लुम्बिनी प्रदेश (रुपन्देही) का नमराज डुम्रे (भुमही जिम एण्ड फिटनेस) ले प्रथम स्थान प्राप्त गरे। डायनास्टी फिटनेसका योगेश गुरुङ (रुपन्देही) दोस्रो र डिभाइन फिजिकल फिटनेसका नामगेल लामा (बागमती) तेस्रो स्थानमा रहे ।

​७० केजी समूह: यस विधामा लुम्बिनीका माधव सुवेदी (मिशाका फिटनेस) पहिलो भए । त्यस्तै अल्टीमेट जिमका अनिश रसाइली (लुम्बिनी) दोस्रो र पावरफुल फिजिकल फिटनेसका सुसन श्रेष्ठ (बागमती) तेस्रो भए ।

​७०+ केजी (भारी तौल) समूह: हेभीवेट तर्फ बागमती प्रदेश (काठमाडौं) को नेपाल व्यायाम मन्दिरका छितिज थापा प्रथम घोषित भए। प्लाटिनम जिमका दीपजंग रोका मगर दोस्रो र फिटनेस मन्त्रका सुरज डंगोल तेस्रो स्थानमा रहे ।

महिला एथलेटिक फिजिक
​महिलातर्फको प्रतिस्पर्धामा पनि खेलाडीहरूको कडा प्रतिस्पर्धा देखियो। बागमती प्रदेश (काठमाडौं) की शिला ठकुरी (डिभाइन फिजिकल फिटनेस) ले उपाधि जितिन् । लुम्बिनी प्रदेश (रुपन्देही) की चुन कुमारी पुन (भलु भैरव जिम) दोस्रो र रविना कुँवर (शितलनगर फिट एण्ड जिम) तेस्रो भइन् ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठकाे अध्यक्षता र बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा उपाधि विजेतासहित पदक विजेताहरूलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,
प्रदेश खेलकुद विकास समिति सदस्य सचिव किरणदास गाैतम,
बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया,बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ,लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ लगायतले पुरस्कार,ट्रफि,मेडल तथा प्रमाणपत्र वितरण गरे ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको हव बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं रकम छुट्टयाउँदै आएको भन्दै यस्ता प्रतियोगिताले बुटवलको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठले बुटवलमा राष्ट्रिय स्तरको शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता सम्पन्न गर्ने आफुहरूकाे १० बर्ष अघिदेखिकाे सपना पुरा भएको भन्दै आगामी दिनमा पनि यस्तै किसिमका प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको बताए ।