काठमाडौँ,६ असाेज ।
नेकपाका नेता युवराज दुलालले राज्यले विवेक गुमाउदा त्रिपुरेश्वरमा चालकको ज्यान गएकाे बताएका छन् । सोमबार त्रिपुरेश्वरमा भएको बसको आगलागी र चालकको मृत्यु भएको घटनामा सांसद दुलालले त्यसको जवाफ दिनुपर्ने माग गरे ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले घटनाको न्यायिक छानबिन गर्न माग गर्दै सरकारले चालकको ज्यान कति बेला जान्छ भनेर पर्खेर बसेको आरोप लगाए ।

उनले चालकले चेतावनी दिएपछि सरकारी निकायले पर्खेर बसेको र विवेक गुमाएको भन्दै उनको ज्यान जोगाउन पहल नगरेको आरोप लगाएका थिए ।

यसअघि सोहि ठाउमा गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाउदा महानगर प्रहरी स्थानीय तहको हो भन्ने सरकारले अब ट्राफिक प्रहरी कुन सरकारको हो भन्दै प्रश्न गरेका छन् । उनले भने-‘म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी कसको हो ? नेपाल सरकार कसको हो ? नेपाल सरकार चलाउने गृहमन्त्री को हो ?’

उनले सरकार र नियमन निकायले चालक र सहचालकलाई प्रशिक्षण दिन,राज्यका निकायहरुलाई मर्यादित बनाउन आग्रह गरेका थिए ।