गुल्मी,४ चैत ।
ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्द रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।