दाङ,३ चैत ।
दाङमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-११ बस्ने ६२ वर्षीय कृष्ण केसी रहेका छन् ।
जिल्लाकाे घोराही उपमहानगरपालिका-११ खैरामा रा.१ ख १०६३ नम्बरको माइक्रो बसले रा.२ प ८८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केसी को मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले माइक्रो बसका चालकलाई पक्राउ गरेको छ ।








