पाल्पा,१४ फागुन ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा लु २ ख २००१ नम्बरको टिपर बिहीबार बिहान दुर्घटनामा परेको हो ।
सिद्देश्वरबाट सर्देवा तर्फ जाँदै गरेको टिपर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा टिपर चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगेको थियो ।
उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।








