रूकुम,१२ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वमा निर्धारित मतदान केन्द्रहरूमा खटाउन भनी शिक्षकहरूको विवरण मागिएको तर नखटाएर मानमर्दन गरिएको भन्दै एकजना मतदान अधिकृतले जिम्मेवारी छाडेका छन् ।

जिल्लाकाे पुथा उत्तरगङ्गा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले जिल्ला निर्वाचन कार्यालय (रुकुमपूर्व) लाई निवेदन लेख्दै रुकुम पूर्वी भागको क्षेत्र नम्बर १ स्थित भूमे गाउँपालिका-९ मा रहेको मतदान केन्द्र (ख) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुनबाङमा मतदान अधिकृतको जिम्मेवारीबाट हटेको जानकारी गराएका हुन् ।