पाल्पा,१० फागुन ।
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय युवक रहेका छन् ।

पीडित पक्षबाट उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।