बुटवल,९ फागुन ।
नेपाली कांग्रेस रूपन्देही-२ ले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव प्रचारप्रसारमा नेता कार्यकर्ताहरूकाे सहभागीता पनि बढ्दै गएपछि उम्मेदवार तथा कांग्रेस नेताहरू थप उत्साहित भएका छन् ।

घरदैलो अभियानको पाँचौ दिन शनिबार बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित घरदैलोमा सयौं नेता कार्यकर्ताकाे सहभागीता भएपछि उम्मेदवार सहित कांग्रेस नेता कार्यकर्ता उत्साहित भएका हुन् ।

रूपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले घरदैलोका क्रममा बुटवल-१३ का मतदाता तथा पार्टीका नेता कार्यकर्ता सहभागीताले आफुलाई थप उत्साहित बनाएको बताए ।

स्थानीय पार्टीका नेता कार्यकर्ताका अलावा मतदाता र उद्योगी व्यवसायीहरूले देखाएको सद्भावले पनि आफू र समग्र कांग्रेसजनलाई उत्साहित बनाएको कांग्रेस उम्मेदवार पाैडेलकाे भनाइ छ ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समिति संयोजक प्रजापाल गिरीले पनि घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताकाे उल्लेखनीय सहभागीता र मतदाताले देखाएको सद्भावले उम्मेदवारसहित सिंगो नेपाली कांग्रेस उत्साहित भएको बताए ।

बुटवल उपमहानगरपालिका वडा नं १३ काे जितगढी र बेलबासमा भएको घरदैलोमा उम्मेदवार चुन्न शर्मा पाैडेल,समानुपातिक उम्मेदवार रीता सेन वलीलगायत पार्टीका नेता कार्यकर्ता टोल टोल र घरदैलोमा पुगेर मत मागेका थिए ।