१२ भाषामा लेखिएका पार्टीको घाेषणा पत्र सार्वजनिक
बुटवल,९ फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीले दाङको संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने माग गरेकोे छ ।

विश्व मातृभाषा दिवसको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने माग अगाडि सारेको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष केशवबहादुर थापा सुर्यवंशीले हाल दुई हजार पच्चीस सय जना विद्यार्थी अध्ययनरत संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयकाे रूपमा विकास गरेर विश्वभरका विद्यार्थीहरूलाई आकर्षित गर्नुपर्नेमा जाेड दिए ।

संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयकाे रूपमा विकास गरे नेपालका विभिन्न किसिमका मातृभाषा बारे अध्ययन गर्न चाहने विश्वका एक डेढ लाख विद्यार्थीलाई नेपाल ल्याउन सकिने बताए ।

नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको भन्दै उनलेे संस्कृत विश्वविद्यालयलाई संस्कृत भाषा मात्रै नभएर बहुभाषिक विश्वविद्यालयकाे रूपमा विकास गर्न सके शैक्षिक यर्यटन मार्फत पनि मुलुक समृद्ध बनाउन सकिने उनको भनाइ थियो ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले आफ्नो मातृभाषाको संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको भन्दै कुनै एक भाषाको विकासले मात्रै देशको विकास हुननसक्ने बताए । सबै जाति समुदायको मातृभाषा संरक्षणका लागि राज्यले जति पहल गर्नु पर्ने हो त्यो अनुसारको पहल नगरेको भन्दै उनले भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्नुपर्नेमा जाेड दिए ।

पार्टीका सचिव माेजिव अलिले नेपाल बहुजातीय र बहुभाषिक मुलुक भएकोले राज्यले सबै मातृभाषाकाे संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए ।
साे अवसरमा नेपालमा प्रचलनमा रहेका विभिन्न १२ भाषामा लेखिएका पार्टीको चुनावी घाेषणा पत्र समेत सार्सार्वजनिक गरेको थियो ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।