बुटवल,८ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भैरहवा र पोखराको चुनावी सभा स्थगित भएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिइन् ।

भैरहवामा शनिबार र आइतबार पोखरामा सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँका लागि तय भएको कार्यक्रम स्थगित भएको हो ।