बुटवल,८ फागुन ।
नेपाली कांग्रेस रुपन्देहीले यही फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई विजयी गराउनका लागि नेपाल विद्यार्थी संघ रुपन्देहीका पूर्व सभापतिहरुलाई विभिन्न क्षेत्रकाे जिम्मेवारी प्रदान गरेको छ । पार्टीले रुपन्देहीका १२ जना पूर्व सभापतिलाई यस्तो जिम्मेवारी प्रदान गरेको हो ।

कांग्रेसका उम्मेदवारलाई विजयी गराउन नेविसंघका पूर्व सभापतिहरुको सक्रिय, समन्वयात्मक र परिणामुखी भूमिका अपरिहार्य रहेको नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खांणद्धारा जारी परिपत्रमा जनाइएको छ ।

पार्टी संगठन निर्माण,युवा परिचालन तथा बैचारिक नेतृत्वमा पूर्व सभापतिहरुले पुराएको योगदानको उच्च मुल्याकन गरिएको जनाउँदै परिपत्रमा तपाईहरुको सोही अनुभव ,सम्बन्ध, र संगठनात्मक प्रभावलाई मध्यनजर गदैं यहांहरुलाई प्रदान गरिएको जिम्मेवारी सम्बनधीत निर्वाचन क्षेत्र ,वडा , पालिका स्तरमा कार्यकर्ता समन्वय मतदाता भेटघाट घरदैलो कार्यक्रम तथा युवा परिचालनकोलागि विशेष जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

जिम्मेवारी प्रदान गरिएका क्षेत्रमा मतदातासंग प्रत्यक्ष सम्वाद कार्यक्रम संचालन गर्ने ,युवा तथा विद्यार्थीहरुलाई एकीकृत र उत्साहित बनाउने,भ्रामक प्रचार प्रसारको तथ्यगत प्रतिवाद गर्ने, मतदानको दिन अधिकृतम मत कांग्रेसको पक्षमा सुनिश्चित गर्न आवश्यक व्यवस्थापन र परिचालन गर्ने कार्यमा पुर्व सभापतिहरूकाे महत्वपूर्ण भूमिका निर्वाह गर्ने पार्टीले अपेक्षा लिएको पत्रमा उल्लेख गरिएको छ ।

पार्टीले नेबिसंघका पूर्व सभापति हेमराज अर्याल, हरिध्वज मल्ल, फणिन्द्र शर्मा, मोहन शर्मा, शरद भट्टराई, दीपक पौडेल, शैलेन्द्र पन्थ, जमुना ढकाल, बिष्णु प्रसाद पोखरेल, प्रकाश राना र मिलन थापालाई जिम्मेवारी प्रदान गरिएको सभापति खांणद्धारा जारी पत्रमा जनाइएको छ ।

त्यस्तै पूर्व सभापति बालकृष्ण खांणलाई जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा र पूर्व सभापति सु्शिल गुरुङ ३ नम्बर क्षेत्रको उम्मेदवार भएकाले आफनो निर्वाचन क्षेत्रमै खटेर उम्मेदवारलाई विजयी बनाउन नेतृत्वदायी भूमिका रहने पार्टीले पूर्ण भरोसा गरेको समेत पत्रमा उल्लेख गरिएको ।