नवलपरासी,३ फागुन ।
पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका-१० स्थित पितौजीबाट सशस्त्र प्रहरीले दुई वालकसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिक-१४ बस्ने अन्दाजी २२ वर्षिय बिकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको हो ।
पूर्वी नवलपरासीको डण्डास्थित सुन्दर बस्ती बस्ने १० वर्षिय श्याम थापा क्षेत्री र ७ वर्षिय हरि थापा क्षेत्रीलाई पश्चिमबाट पूर्वतर्फ पैदल हिडाई लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उनलाई शंका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्मले जनाएको छ ।
नियन्त्रणमा लिईएका उनलाई दु्ई बालकसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।








