नवलपरासी,३ फागुन ।
मत माग्ने हिडेका रास्वपा उम्मेदवार बिक्रम खनाललाई चुनाव बहिष्कारको पर्चा थमाइएको छ ।
‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनबाट देशको रास्ट्रिय स्वाधीनता रक्षा हुदैन’ निर्वाचनको सशक्त बहिष्कार नै आजको अपरिहार्य आवश्यकता हो’ भन्ने अपिल सहित उनलाई चुनाव बहिष्कारको पर्चा थमाइएको हो ।
आइतबार नवलपरासीको बर्दघाट -४ शान्तिनगर चोकमा मत माग्न हिडेको खनालको टोली र निर्वाचन बहिष्कार पक्षधर सँग जम्का भेट भएको थियो ।
त्यस क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला सेक्रेटरी तथा चार पार्टी सम्मीलित संयुक्त संघर्ष समिति जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेलगायतका नेता कार्यकर्ताले मत माग्दै हिडेका खनाललाई बहिष्कारको अपिल थमाएका हुन ।
“तपाईं काङ्ग्रेसमा लामो समय काम गर्नु भो त्यहाँ अन्याय भयो होला भन्ने ब्यक्तिगत रुपमा सहानुभूति राख्न सकिन्छ तर संसदीय निर्वाचन अहिलेको बिकल्प होइन सशक्त बहिष्कार नै गर्नु आजको अपरिहार्यता हो” युवा नेता पाण्डेयको भनाइ उदृत गर्दै न्यौपानेले भने” साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको सशक्त बहिष्कार नै परिस्थितिको सही बिकल्प हो”। भेटको बेला उम्मेदवार खनालले “बहिष्कारबादी साथीहरु सङ्ग भेट गर्न पाउनु खुसीको कुरा” भन्ने प्रतिक्रिया दिए । तर उम्मेदवार खनालले आफु र रास्वपाको लागि बहिष्कार पक्षधर संग मत भने मागेनन् ।








