बुटवल,२ फागुन ।
बुटवल-पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउमा शनिबार दिउँसो टिप्परको ठक्करबाट दुई जनाकाे मृत्युु भएको छ ।
मृत्यु हुनेमा गुल्मी जिल्ला पुर्तिघाट-४ बस्ने ३१ वर्षीय मिलन सार्की र हालसम्म पहिचान नखुलेकी अन्दाजी ३० वर्षीया महिला रहेका छन् ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले उनीहरु सवार लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको तिनाउ–३ सिद्धार्थ राजमार्गमा दिउँसो करिब साढे २ बजे टिप्परले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते भएका उनिहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








