बुटवल,१ फागुन ।
बुटवलमा लागुऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बेस्ट लाइफ केयर रिह्याव तथा हेल्थ केयर सेन्टरकाे आयोजना र बुटवल उपमहानगरपालिका वडा नं ३ काे सहयोगमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ अन्तर्गतका टोल विकास संस्था,आमा समूह लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष विष्णु ढकालले थाहै नपाई लागू औषधकाे कुलतबाट समाज आक्रान्त भएको हुनसक्ने भन्दै युवा युवतीहरूलाई कुलतमा फस्न नदिन जनचेतनामूलक कार्यक्रम जरुरी रहेको बताए ।

लागुऔषध दुर्ब्यसनले समाजलाईनै अशान्त बनाउने बताउँदै अध्यक्ष ढकालले आफ्ना बालबालिकाकाे जिवनशैली,रहनशहन बारे घर परिवार र छिमेकीले ख्याल गर्नुपर्ने सुझाव दिए ।

प्रशिक्षक शिव बरालले लागुऔषधकाे कुलतमा फसेपछि त्यसबाट छुटाउन गाह्रो हुने भन्दै कुलतमा फस्न नदिन सबै सजग बन्नुपर्नेमा जाेड दिए ।

लागुऔषधकाे कुलतबाट समाज भित्र भित्रै आक्रान्त भइरहेको भन्दै उनलेे विद्यालय र समुदाय स्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रम संयोजक अनुराग शर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा
बेष्ट लाइफ केयर रिह्याव तथा हेल्थ केयर सेन्टरका अध्यक्ष राेशन थापा क्षेत्री, मनिष श्रेष्ठलगायतले लागुऔषधकाे कुलतले समाजमा पारेको असर र त्यसबाट समाजलाई जाेगाउने उपायबारे आ आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि,विभिन्न क्लब,आमा समूह,टोल विकास संस्थाका प्रतिनिधि,स्वास्थ्यकर्मीलगायतकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिका वडा नं ३ का सदस्य अमृत खड्काले जानकारी दिए ।
,