सुुर्खेत,२८ माघ ।
सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ  ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्  ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङका लागि छुटेको ग १ ज ५६६१ नम्बरको बोलेरो बुधबार बिहान करिब ५ बजे सल्यानकाे कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटनामा परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा अनुसार दुर्घटनामा चालक रुकुमपूर्व सिस्ने गाउँपालिका-४ का ३४ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो  ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।