रूपन्देही,२६ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने चुनावी सभालाई सम्बाधन गर्न रुपन्देही आएका छन् । आइतबार बेलुका रूपन्देही आएका लामिछाने जिल्लाका पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको साे पार्टीले जनाएको छ ।

सोमवार जिल्लाको क्षेत्र नं १ अन्तरगत पर्ने देवदहको खैरेनीमा आयोजित काेणसभालाई सम्बाेधन गरेर देवदहकै ६ नम्बर चाेक,संकरपुर चाेक र धकधहीमा आयोजित कार्यक्रममा सम्बाेधन गरिसकेका छन् । चुनावी काेणसभालाई सम्बाेधन गर्दै सभापति लामिछानेले फागुन २१ गते चुनाव ऐतिहासिक र देशले जित्ने निर्वाचन हुने बताए । ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर यो देशले जित्ने निर्वाचन हो ।’ लामिछानेले भने ।

रास्वपामा बालेन्द्र साह ‘बालेन’को टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाडफाड भएको बताए । ‘हामीले पद बाढेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ ।’ उनले भने,’अबको पाँच वर्ष एउटै,सभापति, एउटै प्रधानमनत्री र एउटैसरकार हुनेछ ।’

आफुहरुले घोषणापत्र नभइ काममा विश्वास गर्ने तर्क गर्दै सभापति लामिछानेले विगतमा अन्य दलले गर्न नसकेका कामहरु आफुहरुले पुरा गर्ने प्रतिबद्धता जनाए ।

देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरिय अभियान लुम्बिनी पुगेर समापन हुने र लामिछाने आजै कपिलबस्तु प्रवेश गर्ने पार्टीले जनाएको छ ।