बुटवल,२५ माघ ।
बुद्ध सामुदायिक टेलिभिजनको छैठौं अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन ।
निर्वाचन समितिले सोमबार टेलिभिजनमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै पदभार ग्रहण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले टेलिभिजनको आर्थिक स्थिती कमजोर रहेको बताउँदै अहिलेको समितिले एक वर्षमा नतिजा देख्ने गरी काम गर्ने प्रतिवद्वता ब्यक्त गरे । टेलिभिजनले सबै पक्षलाई समेटेर अघि बढ्ने बताउँदै उनले अबको एक वर्षमा शसक्त मिडिया हाउसको रुपमा स्थापित गर्ने बताए ।
गत माघ १० गते रुपन्देहीको तिलोत्तमामा सम्पन्न अधिवेशनले झपट बहादुर गुरुङ ( जे.वी.) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । यस्तै टेलिभिजनको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ , सचिबमा डोलराज बस्याल, कोषाध्यक्षमा दुर्गा नेपाल, सह–सचिबमा ज्ञानप्रसाद ज्ञवाली निर्वाचित भएका थिए । यस्तै सदस्यहरुमा बाबुराम अर्याल ,कमला काफ्ले, भरतजंग कुँवर, सञ्जीव सुनार, सन्तराम गिरी, चेतनारायण सुवेदी,जगत प्रसाद पौडेल रहेका छन ।
प्रमुख निर्वाचन अधिकृत कैलाशचन्द्र ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो । उहाँले प्रमाण पत्र प्रदान गर्दै नवनिर्वाचित समितिले दिर्घकालिन दृष्टिकोण बनाउँदै वार्षिक क्यालेण्डर तयार गरी टेलिभिजनलाई अगाडि बढाउनको लागि आग्रह गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष ओम ज्ञवालीले सबैको सहमतिमा नै नयाँ नेतृत्व चयन भएको र सबैलाई समेटेर अघि बढ्न शुझाँब दिए । निर्वाचन अधिकृत राजन नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । यस्तै कार्यसमितिले कानूनी सल्लाहकारमा अधिवक्ता कैलाशचन्द्र ज्ञवाली र सदस्यमा शंकर पुरीलाई चयन गरेको छ । समुदायको लगानीमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको कार्यालय बुटवलकाे कालिकानगरमा रहेको छ ।








