दाङ,१४ माघ ।
२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाललाई प्रहरीले पक्राउ गरेको छ ।
भुषालले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








