संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षा र संघीयता खारेजी मुख्य एजेन्डा
बुटवल,१४ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनमाेर्चाले घोषणापत्र सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनमोर्चाले बुधबार बुटवलमा एक कार्यक्रमकाबीच २५ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
४० पेज लामो चुनावी घोषणापत्रमा संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता खारेज गर्नुपर्ने मूल नारा समेटिएकाे छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडल र अर्का उपाध्यक्ष जनकराज शर्मा र महासचिव मनोज भट्टले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् । फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्ने राष्ट्रिय जनमोर्चा पहिलो पार्टी बनेको छ ।
सुशीला कार्की नेतृत्वकाे सरकारलाई असंवैधानिक भएको उल्लेख गर्दै घाेषणा पत्रमा भ्रष्टाचारको अन्त्य र देशको दीगो विकास, उद्योग, कृषि, पर्यावरण, पर्यटन विकास, सहकारी, विकेन्द्रित र सन्तुलित विकास नीति, बौद्ध पुरातात्विक सहर, यातायातको विकास, जलश्रोत, विदेश नीति, राष्ट्रियता, मजदुरको हकहित र रोजगारीको व्यवस्था, पुनस्र्थापना, स्वास्थ्य, खेलकुंद, शिषा, सामाजिक सुरक्षा, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित, अपागंता, आरक्षित, निर्वाचन क्षेत्रको व्यवस्था, अन्तर निर्वाचन षेत्र, द्दन्द्दपीडितलाई न्याय र राहत, कलोबजारी कृतिम अभाव र आपूर्ति, उपभाुगको हित संरषण, मानव अधिकार, ग्रामिण विकास, एकीकृत बस्ती विकास, दुर्गम पहाडी मिाली तथा पिछक.डिएका षेृत्रकाृ विकास, पहाडबाट तराईमा बसाइ सरार्यमा न्यूनिकरण, दुर्गम गाउंमा सुफल मुल्यका पसल, ऐतिहांसिक र राष्ट्रिय सम्पदाको संरक्षण विकास, बैज्ञानिक अनुसन्धानका लागि पर्याप्त बजेटको व्यवस्था, बौद्दिपलायन माथि रोक, लेखन तथा साहित्यकार, खाद्यसुरक्षा, जेलको अवस्थामा सुधार, न्यायलयको अवस्थामा सुधार, प्रवासी नेपालीको मताधिकारको ग्यारन्टी ल गायतका थुप्रै विषय समावेश गरिएको छ ।
राजमोले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता गर्न नहुनेमा जाेड दिएको छ ।
घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो सरकार असंवैधानिक भएको बताए । विदेशी शक्ति राष्ट्रहरुको बलमा संविधान र राष्ट्रलाईनै समाप्त पार्न खोजिएको अध्यक्ष केसीको आरोप छ । अबैधानिक वर्तमान सरकार एनजीओ/आईएनजीओले बनाइदिएको सरकार भएको दावी गर्दै अध्यक्ष केसीले भने, “यो अवस्था आउनुमा राजनीतिक दलहरुको पनि कमजोरी छ ।”
विदेशी शक्तिले आफ्ना उद्देश्यहरु पूरा नहुने भएपछि जेनजी आन्दोलनका नाममा बैधानिक सरकार ढालेर एनजीओका प्रतिनिधिहरुको मिलेमतोममा बनेको सरकारले देशलाई निकास दिनै नसक्ने अध्यष केसीले बताए । गलत सोंचका नेताहरुलाई बारम्बार मत दिएर संसदमा पठाउने मतदाताहरु पनि दोषी रहेको उल्लेख गर्दै उनलेे नेपालको ईतिहासमा यति ठूलो संकट अहिलेसम्म नआएको बताए । सत्तामा रहेका राजनीतिक पार्टीहरुले जसरी जनताका लागि काम गर्नुपथ्र्यो त्यो नगर्दा यो अवस्था आएको बताउंदै विगतमा कमजोरी सुधारेर अगाडि बढ्नुको अर्को विकल्प नभएको अध्यक्ष केसीको भनाइ छ ।
“नयाँ जोगीले झन धेरै खरानी घसेर आएको बताउंदै अध्यक्ष केसीले नयाँ दलहरुप्रति ब्यङ्ग् गर्दै नयां भन्नेहरुको हातमा यो मुलुक गयो भने संविधान मात्र होइन राष्ट्र पनि नरहने चिन्ता ब्यक्त गरे । नयाँ र परिवर्तनको नाममा कृतिम कुरा गरेर जनतालाई छक्काउनेहरुबाट सचेत रहनु पर्ने बताउंदै अध्यक्ष केसीले भ्रष्टाचारको बिरोध, सुशासनकाे पक्षमा र राष्ट्रियताको विषयमा संसदमा सबै भन्दा बढी बोल्ने पार्टी राष्ट्रिय जनमोर्चा भएको दावी गरे ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको जेनजी आन्दोलन भएको बताउंदै आन्दोलनलाई विदेशी शक्तिको आडमा विध्वंस मच्चाइएको बताइन् ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले घोषणा पत्र तीन खण्ड विभाजित गरिएको बताए । महासचिव भट्टका अनुसार पहिलो खण्डमा अध्यक्ष केसीको अपील राखिएको छ, जहाँ पार्टीका उम्मेदवारहरूलाई किन र के का लागि मतदान गर्ने प्रष्ट पारिएको छ । दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्थाबारे विश्लेषण छ ।
तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवाललाई स्थान दिइएको छ।महासचिव भट्टका अनुसार विकास निर्माणबारे पनि घोषणा पत्रमा स्पष्ट खाका प्रस्तुत गरिएको छ ।








