बाँके,१२ माघ ।
नेपालगञ्जको बालेन शाहका समर्थक सवार गाडीबाट खसेर कम्तीमा पाँच जना घाइते भएका छन् ।

बालेन नेपालगञ्ज भ्रमणका क्रममा साेमबार दिउँसो विमानस्थल क्षेत्रमा पुगेका बेला उनीहरू सवार गाडीको पछाडिको ढालाबाट खसेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए ।

विमानस्थल परिसरभित्रको सडक भएकाले गाडीको गति धेरै तीव्र नभएको प्रहरीले स्पष्ट पारेको छ ।

बालेन शाह आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछन् । उनी झापा–५ बाट चुनावी मैदानमा उत्रिएका छन् ।