बुटवल,१० माघ ।
बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा झपट बहादुर गुरुङ ( जे.वी.) निर्वाचित भएका छन् । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १६ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशनबाट गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमित सर्वसहमत निर्वाचित भएको हो ।
रुपन्देहीको तिलोत्तमामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ, सचिबमा डोलराज बस्याल, कोषाध्यक्षमा दुर्गा नेपाल,सह–सचिबमा ज्ञानप्रसाद ज्ञवाली निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा बाबुराम अर्याल, कमला काफ्ले, भरतजंग कुँवर, सञ्जिव सुनार, सन्तराम गिरी, चेतनारायण सुवेदी, जगत प्रसाद पौडेल सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक कैलाशचन्द्र ज्ञवालीले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शनिबारै निर्वाचन संयोजक ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।
अध्यक्ष पदमा निर्वाचित जेभी गुरुङले समाज सेवा गरी धर्म कमाउने उदेश्यले सामुदायिक टेलिभिजनमा लगानी गरेको बताउँदै समुदायको आवाजलाई अझैं बुलन्द गरि अघि बढ्ने प्रतिवद्वता ब्यक्त गरे ।
समुदायको लगानीमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको कार्यालय बुटवलकाे कालिकानगरमा रहेको छ ।







