प्यूठान,११ माघ ।
प्यूठानकाे झिमरुक सौतामारेको चन्द्रविकास प्राविमा शिक्षक छनौटका क्रममा विषय विज्ञले नै चिट चोराएको पुष्टि भएपछि परीक्षा रद्द गरिएको छ ।
विषय विज्ञ अमर प्राविकी शिक्षिका माया पन्थीले एकजना परीक्षार्थीलाई गलत उत्तरमा पनि पूरा नम्बर दिदैँ पुर्णाकं पुग्ने गरी नम्बर दिएको प्रष्ट भएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले परीक्षा रद्द गगरेका हुन् ।
एमालेवाट निर्वाचित झिमरुक वडा न.१ का वडाध्यक्ष धुर्व खनालकी भतिजि चन्द्रकला खनाललाई शिक्षिका वनाउन पालिका अध्यक्ष पितवहादुर महतरा र खनालवीच सहमतिमा विषय विज्ञबाट चिट चोराईएको स्थानीयले बताएका छन् ।
सहमति कार्यान्वयन गर्न उक्त विद्यालयमा सदस्य रहेका वडा सदस्य शंकर पोखरेललाई जिम्मा दिइयो । उनै वडा सदस्यकी श्रीमती माया पन्थी विषय विज्ञको रुपमा शिक्षक छनौट परीक्षाको लागी चुनिएकी थिइन ।
पालिकाको अनुदान दरवन्दिका लागि यही माघ ९ गते पालिकामा परीक्षा मिती तोकिएको थियो । अध्यक्षहरुको समर्थन पाएकी चन्द्रकला १२ कक्षा मात्रै पास हुन् । उनिसंग प्रतिस्पर्धि थिइन विष्णा जीसी । जो सोही विद्यालयमा ८ वर्षदेखि नीजि श्रोतमा पढाइरहेकी छन् भने उनले अंगे्रजीमा विएड पास गरेकी छन् ।
विएड गरेकी जीसीलाई परीक्षामा हराउने सम्भावना थिएन । तर पालिका अध्यक्ष पितबहादुर महतरा र वडा अध्यक्ष खनालको भरमा विषय विज्ञ माया पन्थीले प्रश्नहरु आउट गरेर खनाललाई दिएको बताइएको छ । मायाले निकालेका प्रश्नहरुमा खनालले पुर्णाकंनै प्राप्त गरिेकी छन् । उत्तर ठिक उल्टो लेखेका प्रश्नमा पनि मायाले पूरा अंक दिने र अर्की प्रतिस्पर्धीको सही उत्तरलाई पनि न्युनतम अंक दिएकोसमेत पुष्टि भएको छ ।
सो कुराको सुइको पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले उत्तर पुस्तिकाको परिक्षण गरेपछि यि सब कुरा थाहा भएको हो । परीक्षणमा प्रश्नहरु बाहिरिएको, मायाले निकालेको प्रश्नहरुमा सतप्रतिसत अंक पाएको, गलत उत्तरमा पनि अंक प्राप्त गरेको, अर्का प्रतिस्पर्धीलाई न्युनतम भन्दा निकै कम अंक दिई परीक्षामा धाँधली गरेको निष्कर्षमा पुगेपछि उक्त परीक्षा रद्द गरिएको हो ।
यसरी परीक्षामा धाँधली गर्ने विषय विज्ञलाई कानुन सम्वत् कारवाही गर्नुपर्ने स्थानीयको माग छ ।
शिक्षा ऐनको दफा १७ वमोजिम त्यसरी परीक्षामा अनियमितता गरेको प्रमाणित भएमा कसुरको गम्भीरता हेरेर एक लाख जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था रहेको छ ।