बुटवल,२९ पुस ।
न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि बुटवलमा तेस्रो जिल्ला स्तरीय अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

३५ औं वार्षिक उत्सव को अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा खेलकुद प्रतियोगिता आयोजना गरिएको न्यु होराईजन स्पोर्टस क्लबले जनाएको छ ।

आयाेजक न्यु होराईजन स्पोर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।

विद्यार्थीहरूकाे प्रतिभा प्रस्फुटनसंगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले विद्यालयले बिगतदेखि बिभिन्न प्रतियोगिता गर्दै आएको न्यु होराईजन बोर्डिङ स्कुल तथा क्लबका संरक्षक लोकनाथ उपाध्यायले बताए ।

सरकारको ठुलो लगानी भएका विद्यालयबाट उपलब्धि नदेखिएको बेला आफुहरु प्रशिक्षक नियुक्ति गरेर नै निरन्तर खेलकुद क्षेत्रकाे विकासमा लागेको उनले बताए । विद्यालयमा ४ दर्जन बढि खेलाडीलाई पुर्ण छात्रवृद्घि प्रदान गर्दै आएक‍ो बताउदै उनलेे क्लबमा हाल १७ जना खेल प्रशिक्षकहरु रहेको जानकारी गराए । विद्यालयबाट भलिबल खेलमा यु-१९ राष्ट्रिय टिममा सुर्य बिक, लेसमन राहदी र सागर रसाईली उत्पादन गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा विद्यालयका भलिबल संयोजक जनक कुमार श्रेष्ठले उपाधि विजेताले नगद नगद ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेतालाई नगद २५ हजार रुपैया, तेस्रो टिमलाई नगद १५ हजार रुपैया तथा चौथो टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

माघ १ गतेदेखि ३ गतेसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङबाट छनाेट भएका २, पाल्पाबाट छनाेट भएका २ र रुपन्देहीबाट छनाेट भएका २ टिम गरी कुल ६ टिम सहित १२ टिमहरु बिच उपाधि प्रतिस्प्रर्धा गर्ने छन । भलिबल खेल लग कम नकआउट र बेष्ट अफ फाईभको आधारमा खेलाईने उनले बताए । पहिलो संस्करणमा एभरेष्टले उपाधि चुमेको थियो । दोस्रो संस्करणमा न्यु होराईजन प्रथम भएको थियो ।

यसैगरि बास्केटबलमा छात्रमा ६ र छात्रामा ४ टिम छन । बास्केटबलमा छात्रछात्रा तर्फ विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

बिसं २०६८ सालमा स्थापना भएको क्लब विधार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्मका रुपमा खेलकुद गतिविधिलाई अगाडी बढाएको क्लबमा संस्थापक अध्यक्ष प्रकाश खनालले जानकारी गराए ।

कार्यक्रममा प्राडा रामकृष्ण महर्जनले शारिरिक शिक्षा तथा खेलकुद नेपाल (सोफेस) मार्फत टेबलटेनिस खेल प्रवर्घ्दनमा काम गर्दै आएको उनले बताए । सानो स्वरुपमा काठमाडौंमा शुरु गरेको खेलकुद गतिविधिलाई बिस्तारै राष्ट्रिय स्तरमा गएको उनले बताए । देशभर १० वटा होम स्कुल संचालन भईरहेको कार्यक्रम उनले बताए । न्यु होराईजन र अक्सफोर्ड दुई विधालयमा कार्यक्रम चलिरहेको उनले बताए । यसैक्रममा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता समेत संचालन हुने उनले बताए ।

भलिबल प्रतियोगिता लिग कम नकआउट र बेष्ट अफ फाईभको आधारमा खेलाइने विद्यालयका खेल संयोजक मिलन रानाले जानकारी दिए ।

उपाधि विजेताले नगद नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैया, तेस्रो टिमले नगद १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने उनले बताए । क्लबले १७ वटा विधाका खेल प्रशिक्षकमार्फत विद्यार्थीलाई प्रशिक्षण दिंदै आएको रानाले बताए ।

छात्रा भलिबलको पहिलो संस्करण एभरेष्ट बोर्डिङ बुटवल र दोस्रो संस्करणको उपाधि न्यु होराइजन मावि बुटवलले जितेका थिए ।

बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । बास्केटबलमा छात्रछात्रातर्फ विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया नगद सहित पुरस्कृत गरिने उनले बताए । २०६८ सालमा स्थापना भएको क्लबले खेलकुदका विभिन्न विधामा जिल्लास्तरीय देखि राष्ट्रिस्तरका प्रतियोगिता गर्दै उपाधि समेत जितेको क्लबका संस्थापक अध्यक्ष प्रकाश खनालले बताए ।

साे अवसरमा न्यू होराइजन माविका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, न्यु होराइजनका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजिव श्रेष्ठ, क्लबका उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल लगाएतले बोल्दै न्यु होराइजन विद्यालयको संरक्षकत्वमा क्लबले खेलकूदका विभिन्न विधामा खेलाडी उत्पादन गर्नुका साथै स्थानिय देखी राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजनाहरु गर्दै आएको बताए ।