पाल्पा,१५ बैशाख ।
टिपरको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा टिपरको ठक्करबाट शनिबार अपरान्ह एक मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४६ वर्षीय देव बहादुर बलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओरालोमा न्युट्रल अवस्था गुडिरहेको मोटरसाइकल पल्टिएको र विपरीत दिशाबाट आएको टिपरले टाउकोमा किचेको प्रहरीकाे दाबी छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।