बुटवल,१६ साउन ।
नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं जिल्ला कार्य समिति रूपन्देहीले एसईई र ११/१२ उत्तीर्ण विद्यार्थी सम्मान गरेको छ ।
समितिले शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं बुटवल नगर समिति गठन तथा एसईई र ११/१२ उत्तीर्ण विद्यार्थी सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि तमू ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेश अध्यक्ष झपट बहादुर गुरूङले गुरूङ समुदायका विद्यार्थीहरू पढाइसँगै राजनीति र लाेक सेवा आयोगकाे तयारीमा पनि लाग्नुपर्नेमा जाेड दिए ।
गुरूङ समुदायका बालबालिकाहरू राजनीति र निजामती कर्मचारी बन्ने तर्फ चासो नदेखाउने गरेको भन्दै उनलेे पढाईसँगै लाेक सेवा आयोगकाे तयारी र राजनीतिमा पनि चासो राख्न जरुरी रहेको बताए ।
नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं जिल्ला कार्य समिति रूपन्देहीका अध्यक्ष सराेज गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा तमू ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद केन्द्रीय समिति सल्लाहकार भीम गुरूङ,नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं का पुर्व केन्द्रीय अध्यक्ष डा. जि एस गुरूङ,तमू ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद रूपन्देहीका अध्यक्ष राम बहादुर गुरूङ,बुटवल उपमहानगर समिति अध्यक्ष बुद्धि प्रसाद गुरूङ,नेपाल तमु विद्यार्थी छाेज धी रूपन्देही पुर्व अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग प्रमुख धनु गुरूङ,केन्द्रीय सचिव अर्जुन गुरूङ,केन्द्रीय प्रतिनिधि साेहन गुरूङ, नेपाल तमू (गुरूङ) विद्यार्थी छाेज धीं रूपन्देही जिल्ला सचिव नवीन गुरूङ,सदस्य आशिष गुरूङलगायतले आ आफ्नो भनाइ राखेका थिए ।






