काठमाडौँ,१६ साउन ।

देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) राति देशभर साधारणतया बादल लाग्नेछ ।

अनि हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । यस्तै पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका पनि केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोसी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका तराई भूभाग र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा पनि राति वर्षा जारी रहनेछ ।